अमेरिकाको टेक्सासमा घरभित्रै मृत भेटिए नेपाली युवा – Himalayan Dainik

अमेरिकाको टेक्सासमा घरभित्रै मृत भेटिए नेपाली युवा


अमेरिकाको टेक्सासमा घरभित्रै मृत भेटिए नेपाली युवा

अमेरिका, १४ वैशाख  – अमेरिकाको टेक्सास राज्यस्थित यूलेसमा बस्दै आएका गैरआवासीय नेपाली युवा दिपेश थापा घरभित्रै मृत भेटिएका छन् । बिगत १७ बर्षदेखी अमेरिकामा बस्दै आएका ३८ बर्षिय थापा बिहिवार आफ्नै निवासमा मृत भेटिएका हुन् ।

दिपेशका दाजु दिवश थापाले दिएको जानकारी अनुसार बिहिवार बिहान पटक पटक फोन गर्दा समेत नउठेपछि भेट्न कोठामा पुग्दा मृत भेटिएको जानकारी दिए । उनका अनुसार मुखबाट रगत निस्किएको देखिएपछि एम्बुलेन्सलाई फोन गरिएको थियो ।

एम्बुलेन्सको चिकित्सकिय टोलीले दिपेशको निधन भइसकेको जानकारी दिएको थियो । स्थानिय समय अनुसार शनिबार दिउँसो दिपेशको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । नेपालमा पोखरा स्थायी घर भएका थापाका एक श्रीमती, दाजु, बैनी र बुवा, आमा छन् । अध्ययनका लागि अमेरिका आएका थापाका बुवा, आमा र बैनी नेपालमा छन् । खसोखास