कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख बढी, संक्रमित २९ लाख नाघ्यो – Himalayan Dainik

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख बढी, संक्रमित २९ लाख नाघ्यो


कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख बढी, संक्रमित २९ लाख नाघ्यो

काठमाडौं, १४ वैशाख – कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । वल्र्डोमिटरडटकमका अनुसार अहिलेसम्म मृतक संख्या २ लाख ३ हजार २ सय ५५ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ६९ जनाको मृत्यु भएको थियो ।

त्यस्तै संक्रमितको संख्या २९ लाख १९ हजार ५ सय ५७ पुगेको छ । गत २४ घन्टामा मात्र ९० हजार ७ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये ३५ हजार ४ सय १९ जना अमेरिकामा मात्र देखा परेका छन् । पछिल्ला दिनमा अमेरिकामा संक्रमितको संख्या एक्कासी बढ्दै गइरहेको छ भने युरोपेली मुलुकहरुमा भने केही घट्न थालेको तथ्यांक सार्वजनिक भएको छ ।

हालसम्म अमेरिकामा ५४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ भने ९ लाख ६० हजार ६ सय ५१ जना संक्रमित भएका छन् । अमेरिकामा गत २४ घन्टामा २ हजार ६५ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा हालसम्म २६ हजार ३ सय ८४ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २२ हजार ९ सय २ र फ्रान्समा २२ हजार ६ सय १४ को मृत्यु भइसकेको छ । पछिल्ला दिनमा यी देशहरुमा तुलनात्मक रुपमा मृत्युदर घटेको पाइएको छ ।

त्यस्तै बेलायतमा हालसम्म मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । पछिल्लो दिन ८ सय १३ जनाले ज्यान गुमाएपछि बेलायतमा हालसम्म २० हजार २ सय १९ जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारतमा हालसम्म २६ हजार २ सय ८६ जना संक्रमित देखिएका छन् र ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।