नेपालमा हालसम्म ४७ हजारको कोरोना परिक्षण सम्पन्न – Himalayan Dainik

नेपालमा हालसम्म ४७ हजारको कोरोना परिक्षण सम्पन्न


नेपालमा हालसम्म ४७ हजारको कोरोना परिक्षण सम्पन्न

काठमाडौं, १२ वैशाख – नेपालमा हालसम्म ४७ हजारको परिक्षण गरिएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित रुपमा आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् ।

देवकोटाकाअनुसार हालसम्म देशभरि पीसीआर ९ हजार ४ सय ७ जनाको परिक्षण गरिएको छ । आरडीटी ३८ हजार ७९ पुगेको पनि देवकोटाले जनाए । हालसम्म नेपारभर जम्मा परिक्षण ४७४९६ पुगेको उनले जनाएका छन् । गत २४ घन्टामा ३ हजार ७ सय ९१ को परिक्षण भएको उनले जनाए ।

हालसम्म क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ रहेको छ । आइसोलेसनमा ८९ मा रहेको छ । काठमाडौंमा ३ जना र उपत्यकाबाहिर ८६ जना आइसोलेसनमा रहेको जनाइएको छ ।

स्थानीयस्तरमा खटिनका लागि ३ जनाको समिति गठन गर्ने निर्णय मन्त्रालयले गरेको छ । टेस्टिङ र ट्रेसिङ गर्नका लागि उनीहरुलाई परिचालन गरिने पनि जनाएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

उनीहरु मध्ये १० जना निको भइसकेका छन् । यसअघि धनगढीबाट ४ जना, काठमाडौंबाट ५ जना र बाग्लुङ अस्पतालबाट १ जना गरी १० जना डिस्चार्ज भएका थिए ।