कोरोना कोषमा सानिमा बैंकद्वारा १ करोड ६८ लाख सहयोग – Himalayan Dainik

कोरोना कोषमा सानिमा बैंकद्वारा १ करोड ६८ लाख सहयोग


कोरोना कोषमा सानिमा बैंकद्वारा १ करोड ६८ लाख सहयोग

काठमाडौँ,  १२ वैशाख – सानिमा बैंक लि.ले कोरोना भाइरस (कोविड–१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई रु १ करोड ६८ लाख सहयोग गरेको छ ।

बैंकका कर्मचारीहरूको तर्फबाट रु ३३ लाख प्रदान गरिएको छ । केन्द्रीय सरकारअन्तर्गत कोरोना कोषमा रु ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई रु १० लाखका दरले ७० लाख सहयोग रकम उपलब्ध गराइएको छ ।

यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । साथै बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु मार्फत् निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।