मलेसियामा पनी लकडाउन लम्बियो – Himalayan Dainik

मलेसियामा पनी लकडाउन लम्बियो


मलेसियामा पनी लकडाउन  लम्बियो

काठमाडौँ, १२ वैशाख – मलेसियामा मे १२ अर्थात वैशाख ३० सम्मका लागि लकडाउन लम्बिएको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम गर्न सरकारले गत १८ मार्च (चैत ५) देखि लकडाउन गरेको थियो । बिहीबार साँझ प्रधानमन्त्री मुहयीद्दिन यास्सिनले लकडाउन लम्ब्याउने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री यास्सिनले विद्यार्थी तथा घरभन्दा टाढा रही घर फर्किन चाहनेलाई फर्किन दिने निर्णय गरेका थिए । होस्टेलमा बसिरहेका करिब एक लाख विद्यार्थीहरूलाई घर जान दिने निर्णय गरेका थिए। त्यस्तै घर भन्दा टाढा रहेका व्यक्तिहरूलाई घर जान दिने बताएका छन् ।

मलेसियामा कोरोनाभाइरस संक्रमित संख्या पाँच हजार ६ सय छ। त्यस्तै मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।