आजको मौसम – Himalayan Dainik

आजको मौसम


आजको मौसम

काठमाडौँ, १२ वैशाख – मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट  जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ ।

आज देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेकोले हाल देशभर आंशिक बदली रहेको महाशाखाले जनाएको हो । त्यस्तै, आज दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ ।

मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा  मेघगर्जन, चट्याङ्ग, असिना  र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । त्यस्तै, राति देशभर आंशिक देखि सामान्य  बदली  रहि  मध्य र पूर्वी भू–भागका थोरै स्थानमा  र पश्चिमि भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।