धनगढीबाट चौथो कोरोना संक्रमित बिरामी डिस्चार्ज, हालसम्म १० डिस्चार्ज – Himalayan Dainik

धनगढीबाट चौथो कोरोना संक्रमित बिरामी डिस्चार्ज, हालसम्म १० डिस्चार्ज


धनगढीबाट चौथो कोरोना संक्रमित बिरामी डिस्चार्ज, हालसम्म १० डिस्चार्ज

धनगढी, ११ वैशाख – कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक महिला अस्पताल बाट डिस्चार्ज भएकी छिन् । वैशाख १ गते कोरोना सक्रमण देखिएकी कैलाली लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना पोजेटिभ निको भई अस्पतालमाबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । उनीसँगै हालसम्म नेपालमा संक्रमित १० जना अस्पतालबाट डिस्चार्ज भइसकेको जनाइएको छ ।

वीरगञ्जबाट कैलाली आएकी उनलाई कोरोना भाइरसको पुष्टि भएपछि यही वैशाख १ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । यसअघि सो अस्पतालबाट कञ्चनपुरको बेदकोट नगरपालिकाका ईन्द्र विक, धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय अमृत शाही र कैलाली लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज विक कोरोना निको भई डिस्चार्ज भएका थिए ।

यसअघि बिहीबार नै राजधानीको पाटन अस्पतालबाट वैशाख १ गतेदेखि कोरोना भाइरस पोजेटिभ देखिएका ८१ वर्षीया महिला र ५७ वर्षीय एक पुरुष अस्पतालबाट डिस्चार्ज भएका थिए । उनीहरु राजधानीको सनसिटी अर्पाटमेन्टको ए ब्लकमा बस्ने आमाछोरी थिए ।

अस्पतालमा कोरोना सङ्क्रमित धनगढी उपमहानगरपालिका—५ की ३४वर्षीया एक महिलाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालबाट डिस्जार्च हुनेलाई एक हप्तासम्म घरमा ‘होम क्वारेन्टाइन’ मा अलग्गै कोठामा बस्नुपर्ने सल्लाह चिकित्सकले दिने गरेका छन् ।

सूचना अधिकारी श्रेष्ठले डिस्चार्ज हुनेलाई एक हप्तासम्म आफ्नो परिवारसँग हेलमेल नगरी कुनै कुरा गर्नुपरेमा कम्तिमा पनि दुई मिटरको दूरी कायम राख्न र स्वास्थ्यमा कुनै समस्या देखिए तत्कालै अस्पतालमा जानकारी दिन सल्लाह दिने गरिएको बताए । उनीलाई घर फिर्ता पठाउँदा मास्क, ग्लोब र सेनिटाइजर उपलब्ध गराउने गरिएको छ ।