भारतकी प्रथम महिला कोविन्द मास्क सिलाउन व्यस्त – Himalayan Dainik

भारतकी प्रथम महिला कोविन्द मास्क सिलाउन व्यस्त


भारतकी प्रथम महिला कोविन्द मास्क सिलाउन व्यस्त

नयाँ दिल्ली,११ वैशाख – भारतकी प्रथम महिला सविता कोविन्दले मास्की सिलाएकी छिन् । विश्वभरि फैलिएको कोरोना भाइरसबाट बच्नका लागि उनले मास्क सिलाउँदै गरेको तस्बिर अहिले भाइरल भएको छ ।

भारतीय राष्ट्रपतिको कार्यालयस्थित शक्ति हाटमा उनले हाते सिलाइ मेसिनको सहायतामा मास्क बनाउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो ।

तस्बिरमा उनी आँफैं पनि कपडाको रातो रंगको मास्क लगाएकी छिन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट २१ हजार ८०० संक्रमित भइसकेका छन् भने ६ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् ।