सूर्यविनायक नगरपालिकाले जग्गा बाँझो नराख्ने – Himalayan Dainik

सूर्यविनायक नगरपालिकाले जग्गा बाँझो नराख्ने


सूर्यविनायक नगरपालिकाले  जग्गा बाँझो नराख्ने

भक्तपुर, ११ वैशाख –  जिल्लाको सूर्यविनायक नगरपालिकाले आफ्नो नगरपालिका भित्रका क्षेत्रमा पर्ने सम्पूर्ण जग्गा जमिनलाई बाँझो नराख्ने नीति लिएको छ ।

नगरपालिकाको जग्गामा उत्पादमुलक कार्य गर्ने योजना अघि बढाएको जानकारी गराउँदै विभिन्न प्रकारका विउ विजन किसानलाई वितरण गर्ने तयारी गरिएको नगरप्रमुख बाशुदेव थापाले जानकारी दिनुभएकोछ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउनको घोषणा गरिरहेको समयमा कोही पनि नागरिक भोकै नहुन भन्ने उद्देश्यका साथ नगरपालिकाले पहिलो चरण अन्तरगत हालसम्म ५६ सय घर परिवारलाई राहत वितरण गरेको नगरपालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष उपेन्द्रराज केसीले जानकारी दिनुभयो ।

नगरपालिका भित्रका गरिव, मजदुरलगायतले खानकै समस्याका कारण कसैले दुःख पाउनु नपर्ने उल्लेख गर्दै प्रवक्ता केसीले जनप्रतिनिधि मार्फत समन्वय गरी राहत वितरणको कामहरु निरन्तर भइरहेको जानकारी दिनुभयो ।