श्री एयरको जेट विमान सिंगापुर प्रस्थान – Himalayan Dainik

श्री एयरको जेट विमान सिंगापुर प्रस्थान


श्री एयरको जेट विमान सिंगापुर प्रस्थान

काठमाडौँ, ११ वैशाख –  स्वास्थ्य मन्त्रालय र टेमासेक फाउन्डेसनका स्वास्थ्य सामग्रीहरु लिन श्री एयरलाइन्सको जेट विमान बिहीबार सिंगापुर प्रस्थान गरेको छ ।

एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार बिहीबार बिहान ७ बजेर ५० मिनेटमा हवाईजहाज सिंगापुर प्रस्थान गरेको हो । जहाजमा कोरोना भाइरसविरुद्ध लड्न आवश्यक फाउन्डेसनका १० हजार थान पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु हुने छ । सो जहाज आजै स्वदेश फर्किने छ ।

सो जहाजमा कोरोना भाइरसविरुद्ध लड्न आवश्यक फाउन्डेसनका १० हजार थान पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु हुने मानन्धरले बताए ।