अलपत्र परेकाको उद्धारमा खटिएका सांसद दाहाल दुर्घटनामा – Himalayan Dainik

अलपत्र परेकाको उद्धारमा खटिएका सांसद दाहाल दुर्घटनामा


अलपत्र परेकाको उद्धारमा खटिएका सांसद दाहाल दुर्घटनामा

धुलिखेल,१० वैशाख – सिन्धुलीका प्रदेश सांसद राजन दाहाल दुर्घटनामा परेका छन् । लकडाउनका कारण अलपत्र मानिसहरुको उद्धारमा खटिएका दाहाल सोमबार साँझ कुलोमा लडेर घाइते भएका थिए ।

बिजुली बत्ती नभएको स्थितिमा सुनकोसी गाउँपालिकाबाट बाटोमा अलपत्र परेका मजदुरहरुको उद्दार गर्दैगर्दा चिप्लिएर लडेका थिए ।

उनको दाहिने हात फ्याक्चर भएको अहिले अस्पतालमा शल्यक्रिया गरिएको बागमती प्रदेश संसदीय समिति उद्योग, पर्यटन, वन, वातावरण समितिअन्तर्गत वातावरण उपसमितिकी संयोजक एवं प्रदेशसभा सांसद प्रतिमा श्रेष्ठले बताइन् ।

दाहालको कुहिनोमा फ्याक्चर भएको सांसद् श्रेष्ठले जनाइन् । उनको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्यस्थिति सामान्य रहेको श्रेष्ठले बताइन् ।