नेपालमा कोरोनाः थप ३ जनामा कोरोना संक्रमण देखियो, संक्रमित संख्या ४५ पुग्यो – Himalayan Dainik

नेपालमा कोरोनाः थप ३ जनामा कोरोना संक्रमण देखियो, संक्रमित संख्या ४५ पुग्यो


नेपालमा कोरोनाः थप ३ जनामा कोरोना संक्रमण देखियो, संक्रमित संख्या ४५ पुग्यो

काठमाडौं, १० वैशाख – थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो। यसअघि उनीहरूको समूहका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् । यसअघि मंगलबार उदयपुरका थप ११ जनालाइ संक्रमण देखिएको थियो ।