नेकपा अध्यक्षद्वयद्वारा नेकपाका संघीय सांसदहरूलाई बालुवाटारमा ब्रिफिङ – Himalayan Dainik

नेकपा अध्यक्षद्वयद्वारा नेकपाका संघीय सांसदहरूलाई बालुवाटारमा ब्रिफिङ


नेकपा अध्यक्षद्वयद्वारा नेकपाका संघीय सांसदहरूलाई बालुवाटारमा ब्रिफिङ

काठमाडौं,१० वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिनभर संघीय सासदहरुलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गरेका छन् । संघीय संसदमा प्रतिनिधित्व गरिरहेका सांसदहहरुलाई प्रदेशगत हिसाबले फरक-फरक समयमा बालुवाटारमा बोलाएर दुवै अध्यक्षले ब्रिफिङ गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढङ्गले पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश जारी गरेपछि उत्पन्न भएको पछिल्लो अबस्थामा मध्यनजर गदै अध्यक्षद्वयद्वारा नेकपाका संघीय सांसदहरूलाई सोमबार जारी भएका दुई अध्ययादेश र कोरोना भाइरसका कारण लगाइएको लकडाउनका विषयमामा बिफ्रिङ गरिएको जनाइएको छ ।  प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु सामान्य विषय भएको बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको छलफलमा बुधवार सुदूर पश्चिम प्रदेशबाट सांसदहरुसँग छलफल शुरु भएको हो । प्रदेश नम्बर १ र बागमती प्रदेश हुँदै क्रमश सातवटै प्रदेशका सांसदहरुसँग आज र भोलि छलफल गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

बिफ्रिङका क्रममा धेरै सांसदहरुले अध्यादेशबारेमा चासो राखेका थिए ।  सांसद निरुदेवी पालका अनुसार प्रधानमन्त्री ओलीले अध्ययादेश नियमित प्रकृया अनुसार आएको र दल विभाजनमा ४० प्रतिशत हुँदा वा नहुँदा फरक नपर्ने बताएको उल्लेख गरिन् ।

मन मिलेमा जतिप्रतिशत भएपनि असर नगर्ने र नमिले जति प्रतिशत भएपनि फुटिहाल्ने धारणा प्रधामन्त्रीले सांसदहरुसँगको छलफलमा राखेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले पार्टीमा नेताहरुको मन मिलेमा एकताबद्ध भएर जान सकिने र मन नमिलेमा कानूनले कसिकसाउ गरेमा पनि फुट्ने बताएका थिए ।

सांसद झपट रावलका अनुसार प्रधानमन्त्री ओलीले कसैलाई पनि कानूनले बाँध्न नहुने बताए । प्रधानमन्त्रीले नेकपालाई लक्षित गरेर राजनीतिक दल सम्बन्धी अध्ययादेश नल्याएको स्पष्ट पारेको सांसद रावलले बताए । सांसद रावलका अनुसार कुनै कानून हुँदा जोडिने र नहुँदा फुट्ने खालको कागजको महान नेकपा नभएको प्रधानमन्त्री ओलीले बताएका थिए ।

प्रधानमन्त्रीले ओलीले आफूहरु मन मिल्ने वित्तीकै जोडिएको र नमिल्ने वित्तिकै फुटिहाल्ने नभएको बताएका थिए ।संवैधानिक निकाय दुई वर्ष भन्दा पनि धेरै समयदेखि रिक्त रहेको र निर्णय गर्न नसकिएको भन्दै संवैधानिक परिषद् सम्बन्धी अध्ययादेश ल्याउनु परेको प्रधानमन्त्री ओलीले बताएका थिए ।

लकडाउन लम्बिने संकेत

सांसदहरुसँगको छलफलमा प्रधामन्त्री ओलीले लकडाउन लम्बिन सक्ने बताएका छन् । कोरोना संक्रमणलाई रोक्नका लागि तत्काल भारतसँगको सीमा खुला नहुने प्रधानमन्त्रीले सांसदहरुसँग बताएका थिए । उनले लकडाउन समेत लम्बिन सक्ने बताएका थिए ।

भारतसँगको नाका तत्काल  खोलने कुरा छैन र देशमा पनि लकडाउन लम्बिनसक्छ, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सांसद पालले भनिन् । प्रधानमन्त्री ओलीले भारतमा कोरोना नियन्त्रण नभएसम्म नाकामा कडाइ गर्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लो राजनीतिक घटनाक्रमबारे बिफ्रिङ भइरहेको जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफल सकिएर प्रदेश- १ का सांसदहरूसँग छलफल भइरहेको छ। त्यसपछि बाग्मती प्रदेशका सांसदहरुसँग छलफल हुने र क्रमश सातै प्रदेशका सांसदहरुसँग छलफल हुनेछ ।