२१ औँ दिनकोसम्म पनि निरन्तर लायन्स क्लब अफ काठमाडौँ गुल्मोहर – Himalayan Dainik

२१ औँ दिनकोसम्म पनि निरन्तर लायन्स क्लब अफ काठमाडौँ गुल्मोहर


२१ औँ दिनकोसम्म पनि निरन्तर लायन्स क्लब अफ काठमाडौँ गुल्मोहर

काठमाडौँ, १० वैशाख – जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मुल सन्देशका साथ अगाडि बढेको लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरले २१ औं दिनसमम पनि विभित्र ठाउँमा खाद्यन्य वितरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडैाँ गुल्मोहरले लकडाउनको समयमा २१ औँ दिनसम्म पनि खाद्यन्य र आपतमा परेका जस्को बस्नको लागि बाँस छैन, खानको लागी खाद्यन्य छैन उहाँहरुको लागि गाँस बाँस कपासको व्यवस्था गर्दै आएको लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरका संस्थापक अध्यक्षय तथा डिष्टिक ३२५ बि १ का क्लस्थर प्रमुख लायन सन्दिप पराजुलीले बताउनु भयो ।

लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरले २१ औ दिनसम्म ६०० भन्दा बढी परिवारलाई खाद्यन्य वितरण गरेको छ । लकडाउन अवधि शुरु भए देखि आफ्नो गाँस बाँस कपास गुमाएर भगवान पशुपतिनाथ मन्दिर परिषदमा आश्रय लिएर बसेका ५० जना पिडित व्यत्तिहरुलाई खाद्यन्य वितरण गर्नु भएको छ ।

त्यस्तै विगत २८ दिनदेखि विभिन्न पार्टी पौवामा दिनरात बिताई रहनु भएकाी पोखरा घर बताउने दिलमाया अधिकारीलाई कंलकीबाट उद्धार गरी सुकेधारा स्थित नव दुर्गा पार्टी प्यालेसमा राखिएको लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरका अध्यक्षय अनिल राजभण्डारीले बताउनु भयो ।