बेलायती प्रधानमन्त्री जोनसन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता – Himalayan Dainik

बेलायती प्रधानमन्त्री जोनसन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता


बेलायती प्रधानमन्त्री  जोनसन र अमेरिकी राष्ट्रपति  ट्रम्पबीच फोनवार्ता

एजेन्सी,१० वैशाख – बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको छ । केहीबेर अघि प्रधानमन्त्री जोनसनले राष्ट्रपति ट्रम्पसँग फोनमा कुरा गरेको ह्वाइटहाउस स्रोतले जनाएको छ ।

उक्त अवसरमा कोरोना भाईरसले विश्वभर पु¥याएको क्षतिका बारेमा कुराकानी भएको जनाइएको छ । उक्त अवसरमा जोनसनले आप्mनो स्वास्थ्यमा सुधार भइरहेको र अहिले आफूले आराम महसुस गरिरहेको ट्रम्पलाई बताएका थिए ।

उनीहरु दुईबीच कोरोनापछिको अर्थतन्त्र र व्यापारका बारेमा छलफल भएको जनाइएको छ । उक्त अवसरमा ट्रम्पले विश्वको अर्थव्यवस्थालाई सुधार गर्न र औषधीजन्य सामाग्रीको सहयोग गर्ने बताएका थिए ।

कोरोना संक्रमणबाट संक्रमित प्रधानमन्त्री जोनसन करिब एक साता अस्पताल बसेर उपचारपछि डिस्चार्ज भएका थिए ।