भिडियो गेममा व्यस्त धोनीको खुट्टाको औंला साक्षीले टोकेपछि – Himalayan Dainik

भिडियो गेममा व्यस्त धोनीको खुट्टाको औंला साक्षीले टोकेपछि


भिडियो गेममा व्यस्त धोनीको खुट्टाको औंला साक्षीले टोकेपछि

मुम्बइ, ९ वैशाख – भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको धर्मपत्नी साक्षीले धोनीको औंला टोकेको फोटो भाइरल भएको छ ।उक्त फोटो साक्षी आफैले आइतबार इन्स्टाग्रामबाट सार्वजनिक गरेकी थिइन् ।

सुतेर भिडियो गेम खेल्दै गरेका धोनीको खुट्टाको औंला साक्षीले टोकेको देख्न सकिन्छ ।साक्षीले यो फोटो सार्वजनिक गर्दै भनेकी छिन्, ‘यस्तो समय जब मिस्टर स्विटीको नजरको भोको हुनु हुन्छ ।’ साक्षीको उक्त पोस्टको एक कमेन्टमा जनाइएअनुसार धोनीले श्रीमतीसँगै हुँदा पनि भिडियो गेममा व्यस्त भएको बुझ्न सकिन्छ ।

लामो समय देखि अन्तराष्ट्रिय क्रिकेटबाट टाढा रहँदै आएका धोनी आईपीएलबाट क्रिकेटमा फर्किने तयारीमा रहेका थिए । तर, कोरोना भाईरस विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएपछि आईपीएल समेत अनिश्चितका लागि स्थगित गरिएको छ ।