थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या ४२ पुग्यो – Himalayan Dainik

थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या ४२ पुग्यो


थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या ४२ पुग्यो

काठमाडौँ, ९ वैशाख – आज एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा ५ जना निको भएर घर फर्किएका छन् ।  उदयपुरमा देखिएका १० संक्रमितमध्ये ८ जनालाई आजै विराटनगरको कोरोना विशेष अस्पताल पठाइएको छ । गत शुक्रबाट जिल्लाको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो । आज तीनै संक्रमितसँग सम्पर्कमा आएका थप १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।