नेपालमा पाँचौं कोरोना संक्रमित उपचार पछि निको भई डिस्चार्ज २ घण्टा अगाडि – Himalayan Dainik

नेपालमा पाँचौं कोरोना संक्रमित उपचार पछि निको भई डिस्चार्ज २ घण्टा अगाडि


नेपालमा पाँचौं कोरोना संक्रमित उपचार पछि निको भई डिस्चार्ज  २ घण्टा अगाडि

कैलाली,९ वैशाख – सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एकजना कोरोना संक्रमित निको भएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारत कैलालीको धनगडी उपमहानगरपालीका ५ निवासी ३४ वर्षीया एक पुरुषलाई कोरोना निको भएको हो ।

अस्पतालले आज एक विज्ञप्ती निकाल्दै कैलालीको धनगडी उपमहानगरपालीका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएका जानकारी दिदै उनलाई मंगलबार नै डिस्चार्ज गरिदिएको छ । सेती प्रादेशिक अस्पतालमा यसअघि बैशाख ७ गते २१ वर्षीया पुरुषमा कोरोना संक्रमण निको भइ घर फर्किसकेका छन् ।

सेती प्रादेशिक अस्पतालमा हाल ३ जना कोरोना संक्रमित भने उपचारत अवस्थामा छन् । सेती प्रादेशिक अस्पतालमा निको भएका दोस्रो कोरोना संक्रमितसँगै नेपालमा कोरोना रोग जित्ने व्यक्तिको संख्या ५ पुगेको छ ।