अफगानी राष्ट्रपति कार्यालयका २० कर्मचारीलाई कोरोना संंक्रमण – Himalayan Dainik

अफगानी राष्ट्रपति कार्यालयका २० कर्मचारीलाई कोरोना संंक्रमण


अफगानी राष्ट्रपति कार्यालयका २० कर्मचारीलाई कोरोना संंक्रमण

काबुल, ९ वैशाख अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि कोरोनाभाइरसको संंक्रमण भएको छ ।

सरकारी उच्च अधिकारीहरुले नाम सार्वजनिक नगर्ने सर्तमा दिएको जानकारी अनुसार राष्ट्रपति कार्यालयका कम्तीमा २० जना संक्रमित भएका छन् । संंक्रमण भएकाहरुसँग राष्ट्रपति अशरफ घानीको सम्पर्क भएको थियो कि थिएन भन्ने बारेमा एकीन नभएको उनीहरुको भनाइ छ ।

राष्ट्रपति कार्यालयका कर्मचारी नै कोरोनाभाइरसबाट संक्रमित भएको विषयमा राष्ट्रपति कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन । क्यान्सर रोगबाट पिडित ७० बर्षीय घानी कोरोनाभाइरसको संंक्रमणको उच्च जोखिममा रहेको बताइएको छ ।

अफगानिस्तानमा सोमबारसम्म ९९३ जनामा कोरोनाभाइरसको संंक्रमण देखिएको छ । उनीहरु अधिकांश विदेशबाट आएकाहरु रहेका छन् । अफगानिस्तानका झण्डै दुई लाख नागरिक पछिल्लो दुई महिनामा इरानबाट स्वदेश फर्किएका थिए । उनीहरु आएको देश इरान कोरोनाभाइरसबाट अत्यधिक प्रभावित देशमा पर्दछ । इरानमा अहिलेसम्म ८२ हजारभन्दा बढी संक्रमित भएका छन् भने पाँच हजारभन्दा बढीको मृत्यु भएको छ । एजेन्सी