कोरोना भाइरस (कोभिड–१९)बाट बच्ने उपाय – Himalayan Dainik

कोरोना भाइरस (कोभिड–१९)बाट बच्ने उपाय


कोरोना भाइरस (कोभिड–१९)बाट बच्ने उपाय

काठमाडौँ, ७ वैशाख – कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले संसार त्रसित छ । नेपालमा पनि यो भाइरस दिन दिनै फैलिरहेको छ ।

यसका विरुद्धमा अहिलेसम्म खोप वा औषधि फेला परिसकेको छैन । यो स्थितिमा यो रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय नै रोगलाई आउन नदिनु हो ।

यसबाट हामी कसरी बच्ने तल हेर्नुहोस :

१. भौतिक दूरी (सामाजिक दूरी) कायम गर्न सम्भव नभएका स्थानहरुमा अनिवार्य रुपमा मास्क लगाउने ।

२. त्यस्तो मास्क सर्जिकल वा विशिष्ट खालको नै हुनुपर्छ भन्ने छैन, सामान्य कपडाको मास्कले पनि काम चल्छ साथै मास्क हटाउँदा सावधानी अपनाउनु पर्छ । आँखा, नाक, मुख नछोइकनै मास्क खोल्ने गर्नुपर्छ । मास्क खोलिसकेपछि त्यसलाई धुनपर्छ । साथै, हरेक पटक मास्क खोलेलगत्तै साबुन पानीले हात धुनुपर्छ ।

३. नियमित रुपमा साबुन पानीले हात धुनुपर्छ अथवा अल्कोहल भएको स्यानिटाइजर लगाउनुपर्छ ।

४. खोकी लागिरहेको वा हाँच्छिउ गरिरहेका व्यक्तिबाट कम्तिमा १ मिटर (३ फिट) को दूरी कायम गर्नुपर्छ ।

५. खोक्दा वा हाँच्छिउ गर्दा सधै मुख र नाक टिस्यूले वा हातको पाखुरा दोबारेर छेक्नुपर्छ । त्यसरी प्रयोग गरेको टिस्यू तुरुन्तै विसर्जन गर्नुपर्छ । हात धोइहाल्नुपर्छ ।

६. अस्वस्थ महसूस भयो वा टाउको दुख्ने, रुघा लाग्ने जस्ता सामान्य लक्षणहरु देखापरेको छ भने भने घरमै बस्नुपर्छ । त्यसो गरेर स्वास्थ्य संस्थाहरु तथा अन्य मानिसहरुमा रोग सर्नबाट बचाउन सकिन्छ ।

७. ज्वरो, खोकी तथा सास फेर्न गाह्रो हुने जस्ता गम्भीर लक्षणहरु देखापर्यो भने चाहिँ तुरुन्तै नजिकका स्वास्थ्य संस्थाहरु वा चिकित्सकको मद्दत लिइहाल्नुपर्छ ।

८. कोभिड–१९ का बारेमा अधिकारीहरुले जारी गरेका दिनानुदिन भइरहेका प्रगतिहरुका बारेमा जानकार रहनुहोस् र त्यसको पालना गर्नुहोस् ।

९. स्वस्थ मानिसले विरामीको हेरचाह गरिरहेका छन् भने मात्रै मास्क लगाउनु पर्छ ।

१०. पञ्जा लगाउनुभन्दा घरिघरी हात धुने बानी कोभिड–१९ को संक्रमणविरुद्ध बढी प्रभावकारी हुने गर्छ । हामीले लगाएको रबरको पञ्जामा पनि कोरानोभाइरस टाँसिन सक्छ, जुन हामीले अनुहार छुँदा सजिलै सर्न सक्छ ।