बेलायती महारानी एलिजावेथको जन्मदिनमा सलामी नदिइने – Himalayan Dainik

बेलायती महारानी एलिजावेथको जन्मदिनमा सलामी नदिइने


बेलायती महारानी एलिजावेथको जन्मदिनमा सलामी नदिइने

एजेन्सी, ७ वैशाख – कोरोनाभाइरस सङ्कटका कारण बेलायती महारानी एलिजावेथ द्वित्तीयलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम यसवर्ष नहुने र जन्मदिनलाई सामान्यरूपमा मनाइने बकिङ्गम प्यालेसले शनिबार जानकारी गराएको छ ।Ali

दरबार श्रोतले एएफपीसँग भन्यो, “महारानीको जन्मोत्सवका दिन मङ्गलबार त्यहाँ कुनै बन्दूक पड्काएर सलामी (सम्मान) हुनेछैन । महारानीले अहिलेको विसम परिस्थितिका कारण बन्दुकको सलामी र अन्य कुनै  विशेष कार्यक्रम नगर्न इच्छा प्रकट गर्नुभएकोले उक्त कार्यक्रमलाई यस वर्ष नगरिने भएको हो ।”

महारानी मङ्गलबार (अप्रिल २१) मा ९४ वर्ष लाग्‍नेछन् । उनले विरलै राष्ट्रिय सम्बोधन गर्ने भएपनि इशाईहरूको धार्मिक पर्व इस्टरमा गरेको सम्बोधनमा कोरोनाभाइरस सङ्क्रमणको स्वास्थ्य समस्याबाट छिट्टै मुक्त हुने विश्वास व्यक्त गरेकी थिइन् ।

महारानीले उक्त सम्बोधनमा भनिन्, “हामीलाई विश्वास छ कोरोनाभाइरसले समस्त मानव जातिलाई जित्न सक्दैन ।” उनले कोरोनाविरूद्धको सङ्कट हटेपछि देशमा बन्दाबन्दी (लकडाउन) पनि हट्ने छ र त्यसपछि आफू सार्वजनिक रूपमा उपस्थित हुने विश्वास उक्त सम्बोधनमा व्यक्त गरिन् । उनले भने, “हामी फेरि भेट्नेछौँ ।”

बेलायतमा कोरोनाभाइरस सङ्क्रमणबाट शनिबारसम्ममा मृत्यु हुनेको सङ्ख्या १४ हजार ५७६ पुगेको छ भने एक लाख आठ हजार ६९२ व्यक्ति सङ्क्रमित रहेका छन् ।