स्वदेश फर्किन् भुटानी अभिनेत्री – Himalayan Dainik

स्वदेश फर्किन् भुटानी अभिनेत्री


स्वदेश फर्किन् भुटानी अभिनेत्री

काठमाडौं,६ वैशाख – भुटानी अभिनेत्री उगेन छोदेन स्वदेश फर्किएकी छिन् । उनी दीपेन्द्र लामाको निर्देशन रहने नयाँ फिल्म  ‘२ नम्बरी’ मा अभिनय गर्न करिब ३ महिनाअघि काठमाडौं आएकी थिइन् । उनी र अर्का एक भुटानीलाई लिन शनिवार भुटानबाट ड्रुक एयरको विमान काठमाडौं आएको थियो । स्वदेश फर्किनुअघि उनीहरुले ड्रुक एयर र भुटान सरकारप्रति आभार प्रकट गर्दै भनेका छन्, हामी २ नम्बरी टिम भुटान सरकार र ड्रुक एयरप्रति आभार व्यक्त गर्दछौं ।’

अभिनेत्री छोगेन विगत एक महिनादेखि ठमेलको तिब्बत होटेलमा बसिरहेकी थिइन् । छोदेन भुटानकी चर्चित अभिनेत्रीको अलवा निर्माता, निर्देशक पनि हुन् ।