लकडाउनको कारणले कोही समस्यामा पर्नुभएको छ भने सम्पर्क गर्न : सांसद बस्नेतको आग्रह – Himalayan Dainik

लकडाउनको कारणले कोही समस्यामा पर्नुभएको छ भने सम्पर्क गर्न : सांसद बस्नेतको आग्रह


लकडाउनको कारणले कोही समस्यामा पर्नुभएको छ भने सम्पर्क गर्न : सांसद बस्नेतको आग्रह

 भक्तपुर, ६ वैशाख – काठमाडौँ उपत्यकामा खान बस्नको समस्या भएपछि राजधानी छाडेर टाढाटाढाका जिल्ला जानेको सङ्ख्या बढीरहँदा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुर जिल्लामा रहेका विपन्न परिवारलाई सहयोग पु¥याउँदै आउनुभएको छ ।

उहाँले भक्तपुरका स्थानीय तहसँगको समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा राहत तथा सडक मानवलाई खानाको व्यवस्था गर्दै आउनुभएको छ । जिल्लामा कोही पनि मानिसमा ‘लकडाउन’ को समयमा खाना खान नपाएर भोकै वस्नु पर्ने अवस्था नआहोस भन्दै राहत वितरणमा लाग्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )का केन्द्रीय सदस्य समेत रहनुभएका प्रतिनिधिसभाका सांसद बस्नेतले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण कोही अलपत्र परेमा सम्पर्क गर्न भन्नुभएको छ । उहाँले आर्थिक अभावले कोही पनि व्यक्ति भोको नहुने  गर्नुभएको छ । पूर्वमन्त्री बस्नेतले सरकारले कोरोनाको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउनका कारण कोही समस्यामा भए गाँस तथा बाँसको व्यवस्थापन गर्ने बताउनुभएको छ ।

गाँस तथा बाँसको समस्याका कारण कतिपय व्यक्तिहरु काठमाडौँ उपत्यका छोडी हिडेर नै आफ्नो गन्तव्य तिर गइरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धीत प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा निश्चित गन्तव्यमा पुर्याउन निर्देशन समेत भइसकेको उहाँले बताउनुभयो । उहाँले मानवीय पक्ष हेरेर प्रदेश र स्थानीय तहले आफ्ना क्षेत्रका वासिन्दालाई घर फर्काउने याजना बनाएर अघि बढ्न आग्रह समेत गर्नुभएको छ । अलपत्र तथा समस्या परेकाले आफुलार्ई पायक पर्ने स्थानीय तह, त्यहाँका जनप्रतिनिधि तथा सम्बन्धीत प्रशासनलाई सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

सांसद बस्नेतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले सो कुराको जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीको जनभावना अनुसारको निर्देशन आएकाले अब प्रदेश र स्थानीय सरकारले मानबीय पक्ष हेरेर आफ्ना क्षेत्रका बासिन्दालाई घर फर्काउन योजना बनाएर लाग्नुपर्ने उहाँले बताउनुभयों ।

बस्नेतकै पहलमा यस अघि मनोहरास्थित सुकुम्बासी बस्तीमा राहत वितरण भएको थियो । उहाँको पहलमा यहाँका एक हजार ५० परिवारमा राहत वितरण भएको थियो । पहिले बाँडेको राहत यहाँका अधिकांसले एक पटक पाइसकेको स्थानीय पम्फा तामाङले बताउनुभयो । परिवारका सदस्य कम भएकाको अझै त्यो रासन बाँकी भएपनि धेरै जना हुनेको सकिनै लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सांसद महेश बस्नेत “फेरि आउनुहुन्छ भन्ने हामीलाई लागेको छ ।”

सासंद महेश बस्नेत फेरी राहात लिएर आउनुहुन्छ भन्ने विश्वासमा बसेका मनोहरा सुकुम्बासीका जनताहरु ।

समस्यामा परेका व्यक्तिहरुले सांसद महेश बस्नेतका स्वकीय सचिव  दिनेश थापालाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क नम्बर :  984-1119599