१७ औँ दिनको अभियानमा लायन्स क्लब अफ काठमाडौँ गुल्मोहर – Himalayan Dainik

१७ औँ दिनको अभियानमा लायन्स क्लब अफ काठमाडौँ गुल्मोहर


१७ औँ दिनको अभियानमा लायन्स क्लब अफ काठमाडौँ गुल्मोहर

काठमाडौँ,५ वैशाख – जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मुल सन्देशका साथ अगाडि बढेको लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरले १७ औं दिनसमम पनि विभित्र ठाउँमा पिपि र खाद्यन्य वितरण गरेको छ ।


कोरोना भाइरस (कोभिड १९) को संक्रमण न्युनिकरण गर्न सरकारले गरेको लकडाउनका आज २५ दिनमा लाइन्स क्लब अफ काठमाडौँ गुल्मोहरद्धारा आज शुक्रबारको दिन तनहुँ जिल्लाको शुक्ला गणका नगरपालीकाको जे पि कौईराला श्वास प्रस्वास हस्पिटलमा पिपि वितरण गरेको छ ।


पिपि वितरणको साथ साथै सोही स्थानमा खाद्यन्य समस्या परेको निम्म वर्ग जस्को घरमा चुलो निब्दै छ । के धनी ,को गरिब, न कुनै जात, न सानो ठुलो, न बालक कोही नभनी कसैलाई नछुटाई सबै मानव जाती विरुद्ध नै आक्रमण रुपमा फैलिएको यो कोरोना भाइरमा देश नै लकडाउन भएको अवस्थामा लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरले निम्न वर्गका २० घर परिवारलाई शुक्लागण्डकी ढुलगौडाको लायन्स क्लबका साथीहरुको सम्यन्यमा खाद्यन्य वितरण गरेको छ । साथै घट्ेकुलोका निम्म वर्गको ६ परिवारलाई पनि आजकै दिनमा खाद्यन्य वितरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडैाँ गुल्मोहरले लकडाउनको समयमा १७ औँ दिनसम्म ४९१ घर परिवारका १४४१ जा वृद्धावृद्ध,मजदुर, बालबालिका र सुत्केरीहरुको लागि उहाँहरुको घर आँगनमै पुगेर सहयोग स्वरुप खाद्यन्य वितरण गरेको लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरका संस्थापक अध्यक्षय तथा डिष्टिक ३२५ बि १ का क्लस्थर प्रमुख लायन सन्दिप पराजुलीले जानकारी दिनु भयो ।