नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो – Himalayan Dainik

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो


नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं, ५ वैशाख – नेपालमा एकै दिन थप १४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। हालसम्मको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टी भएको संख्या ३० पुगेको छ ।

जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ । जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय) भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । उदयपुरमा भेटिएका १२ जना संक्रमितमध्ये केही भारतीय नागरिक रहेको छन्। यस्तै, चितवनबाट ल्याइएका दुई वटा स्वाबको रिपोर्ट पनि पोजेटिभ आएको छ। चितवनको राप्ती नगरपालिका–८ का कोरोना संक्रमित आमाछोरा रहेको र उनीहरु चैत ३ गतेमात्रै बेलायतबाट फर्किएका हुन्।

यसअघि १६ जना कोरोनाका संक्रमित भेटिएका थिए। उनीहरूमध्ये टेकु र पाटन अस्पतालमा दुई(दुई जना, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच जना, बागलुङ अस्पतालमा दुई तथा वीरगञ्ज अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने कोरोनाको पहिलो संक्रमित युवक निको भएर घर फर्किसकेका छन्।