बेलायतले तीन हप्ताका लागि ‘लकडाउन’ थप गर्ने – Himalayan Dainik

बेलायतले तीन हप्ताका लागि ‘लकडाउन’ थप गर्ने


बेलायतले तीन हप्ताका लागि ‘लकडाउन’ थप गर्ने

काठमाडौं, बैशाख ५ –  बेलायतमा लकडाउनको समय तीन हप्ता थप गरिएको छ । विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (कोभिड १९) थप फैलिन नदिन कम्तीमा तीन हप्ता लकडाउन थप्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् । कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आए, सङ्क्रमितको सङ्ख्या घटे र कोरोनाको सङ्क्रमण देशको लागि खतरा छैन भन्ने यकिन नभएसम्म लकडाउन थपिरहने पनि विदेशमन्त्री राबको भनाइ छ । प्रधानमन्त्री जोनसन भने कोरोना निको भएर आराम गरिरहेका छन् । बेलायतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १३ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै एक लाख तीन हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।