आईपीएल अनिश्चित कालका लागि स्थगित – Himalayan Dainik

आईपीएल अनिश्चित कालका लागि स्थगित


आईपीएल अनिश्चित कालका लागि स्थगित

काठमाडौँ, ३ वैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको छ ।

भारत सरकारले लकडाउन थप तीन साता लम्ब्याएपछि अप्रिल १५ देखि हुने भनिएको आईपीएल अनिश्चिकत कालका लागि स्थगित भएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई जानकारी गराएको छ । आईपीएलको नयाँ मितिका बारे कुनै उल्लेख गरिएको छैन ।

बीसीसीआईले आईपीएल स्थगित गरेको जनाएपनि रद्धनै भएको भनेर उल्लेख गरेको छैन । अब आईपीएल सेप्टेम्बर वा नोभेम्बरमा गर्ने सक्ने विकल्प छ । त्यसका लागि आईसीसीसँगको सहकार्यमा एसियाक कप लगायत अन्य ठूला प्रतियोगिता मिलाउनु पर्ने हुन्छ ।