यापिड टेस्टमा पोजेटिभ देखिएका सप्तरीका दुईको पिसिआरमा नेगेटिभ देखियो – Himalayan Dainik

यापिड टेस्टमा पोजेटिभ देखिएका सप्तरीका दुईको पिसिआरमा नेगेटिभ देखियो


यापिड टेस्टमा पोजेटिभ देखिएका सप्तरीका दुईको पिसिआरमा नेगेटिभ देखियो

धरान, बैशाख ३ – सप्तरीका दुई जना व्यक्तिमा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिए पनि पिसिआरमा भने नेगेटिभ आएको छ । भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका उनिहरुमा मंगलबार पोजेटिभ देखिएको थियो ।

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पिसिआर प्रविधि जाँच गर्दा उनीहरूमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । उनीहरू गत महिना दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्केका थिए ।

र्‍यापिड टेस्टमा पोजेटिभ आएपनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नहुन सक्छ । त्यसैले र्‍यापिड टेस्ट पोजेटिभ देखिए एकीन गर्न पिसिआर परीक्षण गर्नुपर्छ ।