लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरको खाद्यय वितरण १४ दिनपनि जारी – Himalayan Dainik

लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरको खाद्यय वितरण १४ दिनपनि जारी


लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरको खाद्यय वितरण १४  दिनपनि जारी

काठमाडौँ,२ बैशाख – लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरका संस्थापक अध्यक्ष तथा डिष्टिक ३२५ बि १ क्लसटर ९ का क्लस्टर चिफ लायन सन्दिप पराजुली ज्युको अभियानमा एभिन्यूज टेलिभिजको संयोजनमा नयाँ वर्षमा पनि खाद्यन्यन  वितरण गरेको छ ।

आज १४औं दिन सम्म हाम्रो अभियान जारी छ। जहाँ आवश्यकता त्यहाँ लायन्स कोहि भोकै नरहु, कसैको चुलो आज निब्दै छ भने अहिलेनै बालौ, क्लसटर ९ का क्लस्टर चिफ लायन सन्दिप पराजुलीज्युको अभियानको साथ आज मिति २०७७(१(२ गते १४औं दिन २३ घरमा हामी प्रेस काउन्सीलको कार्यालय अनामनगर, जैसिदेवल, टेकु, कलकी,बानेश्वर कोटेश्वर , जडिबुटी , गौरिघट, लाजिम्पाटका मजदुर जस्ता पीडितहरुको घर दैलोमा गै उहाँको समस्या समाधन गरेका छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण सरकारले गरेको लकडाउनमा जहाँ आवश्यकता त्यहाँ लायन्सको मुल नारा सहित हामी सेवा गछौ भन्त्रे भावना लिएर आज चौधौ दिनपनि  खाद्यन्यन वितरणलाई निरन्तरता दिएको छ ।

लाइन्स क्लब अफ काठमाडौँ गुल्मोहरका वर्तमा २०१९,२०२० अध्यक्ष अनिराज भण्डारी २०,२१ का अध्यक्षय रितु कार्की तथा क्लबका डाइरेक्टर ईश्वर कार्की ज्युको संयोजकत्वमा लाइन्स क्लब अफ काठमाडौँ गुल्मोहरले कोरोना भाइरस (कोभिड -१९)  को संक्रमणका कारण सरकारले गरेको लकडाउनको १४दिन सम्म पनि खाद्यय वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड -१९) विश्वभर आन्तकित भैइरहेको समयमा हाम्रो देश नेपाल पनि यसबाट अछुतो रहन सकेना । यसको संक्रमणबाट रोकथाम गर्नको लागि सरकारले गरेको लकडाउन बढिरहेको छ । दिनप्रति दिन कोरोना भाइरस (कोभिड – १९) को संक्रमण बढ्दै गएपछि सरकारले पनि लकडाउनको समय थप्दै गएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नको लागि सरकारले गरेको लकडाउनका कारण जिवन धान्त्र गाह्रो भइरहेको अवस्थामा दैनिक ज्यालादारी गरि खाने विपत्र वर्गका घर परिवारलाई चामल, नुन, तेल,साबुन,चिउरा चिनि, दाल तथा अन्य दैनिक अति आवश्यक कुरा वितरण गर्दै आएको छ ।

लाइन्स क्लब अफ काठमाडौ गुल्मोहरले आज १४ दिनमा नेपाल प्रैस युनियनका पत्रकारहरुलाई पनि खाद्ययन्न वितरण गरेको छ । आज मंगलबार अनामनगर स्थिति प्रेस युनियनको कार्यलयमै गएर प्रेस युनियनका उपाध्यक्ष नंकुल अर्यालको रोहबरमा खाद्ययन्त वितरण गरेको लाइन्स क्लब अफ काठमाडौँका गुल्मोहरका संस्थापक अध्यक्ष तथा डिष्टिक ३२५ बि १ क्लसटर ९का क्लस्थर चिफ लायन सन्दिप पराजुली बताउनु भयो ।

१४औं दिन सम्म ४५४ घर परिवारका १३७० जना बृद्धबृ्द्धा, मजदुर, बालबालिका र सुत्केरीहरुको उहाँहरु को घर आँगनमै पुगेर सहयोग स्वरुप खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । हामी दिन भर राहत वितरण गर्न सहयोग गर्नु हुने हाम्रो क्लस्टर चिफ लायन सन्दिप पराजुली सर , आइ पि पि ए लायन डम्बर लाल श्रेष्ठ ,डाइरेक्टर लायन ईश्वर कार्की सर, डाइरेक्टर लायन रितु कार्की तथा हामी आर्थिक र खाद्यान्न सहयोग गर्न हुने सम्पुर्ण सहयोगी हातहरु नमन र धन्यबाद व्यक्त गर्नु भयको छ  ।