काठमाडौं, २ वैशाख- पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।
उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । हिजो र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना छोरा र आमाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
र्यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । दुइजनामा कोरोना संक्रमण पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने सवैको कोरोना चेकजाँच शुरु गरिएको छ ।