काठमाडौँ, २ बैशाख – नेपालमा फसेका ब्राजिलका ३४ भन्दा बढी नागरिक लिएर नेपाल एयर लाइन्सको न्यारोबडी जहाज दिल्ली उडेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ब्रजिलियन नागरिकलाई नयाँदिल्ली पुर्याएर जहाज आजै काठमाडौं फिर्ता हुने भएको छ ।
नेपालस्थित ब्रजिलियन दूतावासले जहाज चार्टर्ड गरेको हो । नेपालमा ४ चैतयता अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिवन्धले हजारौं पर्यटक अलपत्र परेका थिए । त्यसमध्ये करीव ४ हजार विदेशी नागरिक लकडाउनपछि फिर्ता भइसकेका छन्