लकडाउन बैशाख १५ गतेसम्म थप्ने सरकारको निर्णय – Himalayan Dainik

लकडाउन बैशाख १५ गतेसम्म थप्ने सरकारको निर्णय


लकडाउन बैशाख १५ गतेसम्म थप्ने सरकारको निर्णय

काठमाडौं, बैशाख २ – सरकारले लकडाउनको समय वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । कोरोनाको संक्रमित बढ्न थालेपछि सरकारले बैशाख ३ गतेसम्म गरेको लकडाउनलाई १२ दिन थप गरेको हो ।

चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिपद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

 

यस्तै, लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएको छ । स्रोतका अनुसार उनीहरुलाई जहाँ छन् त्यही स्थानीय सरकारले खानाबस्नको व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको जनाएको छ ।