गण्डकी प्रदेश सरकारले गर्यो कोरोना रोकथामका लागि चारवटा महत्वपूर्ण निर्णय – Himalayan Dainik

गण्डकी प्रदेश सरकारले गर्यो कोरोना रोकथामका लागि चारवटा महत्वपूर्ण निर्णय


गण्डकी प्रदेश सरकारले गर्यो कोरोना रोकथामका लागि चारवटा महत्वपूर्ण निर्णय

पोखरा, २ वैशाख – गण्डकी प्रदेश सरकारले कोरोना भाईरस रोकथामका लागि विभिन्न चारवटा महत्वपूर्ण निर्णय गरेको छ ।

आईतबार बसेको बैठकले सुरक्षा निकाय, स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा बस्ने व्यक्तिदेखि नमुना अस्पताल बनाउने लगायतका निर्णयहरु गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले सुरक्षा निकायलाई कोरोना भाईरस रोकथामका लागि स्वास्थ्य सामाग्री र अन्य उपकरणहरु खरिद गर्नका लागि ४५ लाख रुपैयाँ विनियोजन गरेको हो । नेपाली सेना पश्चिम पृतना, नेपाल प्रहरी गण्डकी प्रदेश कार्यालय र सशस्त्र बल मुक्तिनाथ बाहिनी पोखरालाई सो रकम १५ लाख रुपैयाँका दरले विनियोजन गरिएको प्रवक्ता बस्नेतले बताउनुभयो ।

डेडिकेटेट अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक एवम् अन्य कर्मचारीलाई खाने, बस्ने र खाजाका लागि भन्दै दिनको २२ सय ५० रुपैयाँका दरले खर्च गर्न पाउने निर्णय गरेको छ । कोरोना भाईरस संक्रमणको आशंकाका कारण क्वारेन्टाइनमा बस्नु पर्ने प्रत्येक व्यक्तिलाई दैनिक पाँचसय १० रुपैयाँ खर्च गर्न दिने निर्णय पनि गण्डकी प्रदेश सरकारले गरेको छ ।