लकडाउनमा २० गर्लफ्रेन्डसँग लग्जरी होटलमा एक राजा – Himalayan Dainik

लकडाउनमा २० गर्लफ्रेन्डसँग लग्जरी होटलमा एक राजा


लकडाउनमा २० गर्लफ्रेन्डसँग लग्जरी होटलमा एक राजा

बैंकक, २ बैशाख  – थाइल्यान्डका ६७ वर्षीय राजा, जसले कैयौं वैवाहिक सम्बन्ध राखेका छन् । हाल विश्व नै कोरोना भाईरसको महामारीबाट गुज्रिरहेको बेला कोरोनाबाट बच्नका लागि आफ्नो देश छोडेर अन्यत्रै पुगेका छन् । ती राजा हुन् थाइल्यान्डका राजा महा वजिरालंन्गकोर्न ।

बेलायती सञ्चारमाध्यम metro.co.uk का अनुसार थाइल्यान्डका यी राजाले कोरोना संक्रमणबाट बच्नका लागि थाइल्यान्डबाट १९ हजार किलोमिटर टाढा जर्मनीको एक होटलमा बस्ने निधो गरे, त्यो पनि आफ्ना २० जना गर्लफ्रेन्डहरुसँग । उनले जर्मनीको बावरिया सहरमा अवस्थित होटल Grand Hotel Sonnenbichl मा स्वयं आइसोलेसनमा बस्ने निर्णय गरेको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

hotel_Thai

लकडाउनकै बीच उनी स्वीजरल्यान्ड हुँदै श्रीमतीसहित थाइल्यान्डमा एक कार्यक्रममा भाग लिनका लागि बैंकक पुगे, जसका क्रममा उनले थाइल्यान्डका प्रधानमन्त्री अथवा थाईसेना प्रमुखसँग पनि भेट गरेको खुल्न आएको छ । पुनः जर्मन फर्कने क्रममा श्रीमती स्वीजरल्यान्डमै बसेर राजा जर्मनतिर लागेको पनि उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।