मन्त्रीपरिषद् बैठक अहिले ११ बजे बस्दै, लकडाउन अझै लम्ब्याउने – Himalayan Dainik

मन्त्रीपरिषद् बैठक अहिले ११ बजे बस्दै, लकडाउन अझै लम्ब्याउने


मन्त्रीपरिषद् बैठक अहिले ११ बजे बस्दै, लकडाउन अझै लम्ब्याउने

काठमाडौं, २ बैशाख  – नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ । मन्त्रीपरिषद्मा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको प्रभाव बढ्दै जान थालेपछि सरकारले भोली ३ गतेसम्म घोषणा गरेको लकडाउनको समायावधि बढाउने सम्बन्धमा निर्णय गर्ने जनाइएको छ ।

मंगलबार बिहान बालुवाटारमा बस्ने मन्त्रीपरिषद् बैठकले तत्कालका लागि कम्तीमा ७ देखि १० दिनसम्म लकडाउन बढाउने जनाइएको छ ।

त्यस्तै लकडाउनका समयमा स्वास्थ्य मन्त्रालयको ६ बुँदे रणनीतिलाई पनि कडाईका साथ लागू गराउनका लागि छलफल हुने पनि स्रोतले जनाएको छ । यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार एक सम्बोधन गर्दै मन्त्रालयको ६ बुँदे रणनीति सार्वजनिक गरेका थिए ।

कोरोना भाइरसको थप संक्रमित भेटिएको र भारतबाट नेपाल छिरेकाहरुमा संक्रमण देखिएपछि लकडाउन लम्ब्याउने र अझ कडाई गर्ने तयारी भएको हो । त्यस्तै भारतसँग सीमा जोडिएका निश्चित सीमालाई पुरै शिल्ड गर्ने तयारी समेत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै लम्ब्याउने संकेत गरी सीमामा अझै कडाई गरिने स्पष्ट पारिसकेका छन् । उनले शनिबार मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा सीमामा कडाई गर्ने र लकडाउन खुकुलो बनाउने कुनै सम्भावना नभएको प्रष्ट पारिसकेका छन् ।

यसैबीच गृह मन्त्रालयले अनलाईन मार्फत अत्ति आवश्यक पास बितरण सुरु गरेको छ । गृहमन्त्रालय बाहेक अन्य कार्यालयले जारी गरेको पास रद्द गरिएको छ ।