गृह मन्त्रीको राजीनामा अस्वीकृत – Himalayan Dainik

गृह मन्त्रीको राजीनामा अस्वीकृत


गृह मन्त्रीको राजीनामा अस्वीकृत

एजेन्सी, १ बैशाख – टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोेगानले गृहमन्त्रीको राजीनामा अस्वीकृत गरेका छन् ।

गृहमन्त्री सुलेमन सोयलुले दिएको राजीनामा एड्रोगानले अस्वीकृत गरेकोबारे राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ । छोटो सूचनाका आधारमा देशका धेरै सहरमा कफ्र्यु लगाउने पूर्ण जिम्मेवारी आफुलाई पुरा गर्न गाह्रो हुने भन्दै उनले राजीनामा दिएका थिए ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिदै गएपछि टर्कीका धेरै सहरमा कफ्र्यु लगाउने घोषणा गरिएको थियो ।

“गृहमन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छैन,” उनले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनेछन्,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । गृहमन्त्री सोयलुले भने आफुलाई यस्तो सङ्कटको वेलामा काम गर्ने अनुभव नभएकाले काम गर्न नसक्ने ठानेर राजीनामा दिएको बताएका छन्।

“यो जिम्मेवारी पुरा गर्नका लागि मेरो अनुभव नभएकाले मेरा जनता र राष्ट्रपतिले मलाई माफी दिनु हुनेछ भन्ने आशाका साथ राजीनामा दिएको छु,” उनले राजीनामा पत्रमा लेखेका छन् ।

गृहमन्त्री सोयलुले गत शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी देशका ३१ प्रान्तमा ४८ घण्टे कफ्र्यु घोषणा गरेको थिए । टर्कीमा कोरोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने अरु ५५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।