एक वर्षको पारिश्रमिक कोरोना कोष र राहतमा दिने प्रवक्ता श्रेष्ठको घोषणा – Himalayan Dainik

एक वर्षको पारिश्रमिक कोरोना कोष र राहतमा दिने प्रवक्ता श्रेष्ठको घोषणा


एक वर्षको पारिश्रमिक कोरोना कोष र राहतमा दिने प्रवक्ता श्रेष्ठको घोषणा

काठमाडौँ, १ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ एक वर्षको पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ ।

उहाँले सोमबार आफ्नो एक वर्षको पारिश्रमिक मध्ये दुई महिनाको तलब कोभिड १९ उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्नुभएको हो ।