नयाँ वर्षले राष्ट्रिय र अन्तर्राष्ट्रिय एकताको आधार तयार पार्छ : अध्यक्ष प्रचण्ड – Himalayan Dainik

नयाँ वर्षले राष्ट्रिय र अन्तर्राष्ट्रिय एकताको आधार तयार पार्छ : अध्यक्ष प्रचण्ड


नयाँ वर्षले राष्ट्रिय र अन्तर्राष्ट्रिय एकताको आधार तयार पार्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १ बैशाख – नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्ष २०७७ ले मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले उनले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा नेकपाको तर्फबाट देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षमा कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना गर्दै उहाँको सन्देशमा थप लेखिएको छ, ‘सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु । नयाँ वर्षले कोरोना ९कोभिड–१९० भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु ।’

अध्यक्ष प्रचण्डले आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न अपील समेत गर्नुभएको छ ।