महरालाई पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा पाए यस्तो सुविधा – Himalayan Dainik

महरालाई पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा पाए यस्तो सुविधा


महरालाई पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा पाए यस्तो सुविधा

काठमाडौँ, १ बैशाख –  पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ संसद सचिवालयले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ ।

बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट पाएको स्कार्पियो गाडी चढ्दै आएका छन ।  उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए भने पछि सोही प्रकरणमा पक्राउ परेका थिए । पछि जिल्ला अदालत काठमाडौंले उनलाई निर्दोष ठहर गर्दै रिहा गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।