‘मायाको सुगन्ध’ बोलको गीत रिलीज (भिडियोसहित) – Himalayan Dainik

‘मायाको सुगन्ध’ बोलको गीत रिलीज (भिडियोसहित)


‘मायाको सुगन्ध’ बोलको गीत रिलीज (भिडियोसहित)

काठमाडौँ, ३० चैत – योगेश काजी र सारिका घिमिरेको ‘मायाको सुगन्ध’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा सारिका घिमिरेको शब्द तथा योगेश काजीको सङ्गीत संयोजन रहेको छ । एचवीएन किस्मतको मिक्सिङ्/माष्टरिङ रहेको ‘मायाको सुगन्ध’ गीतको भिडियो कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सरोज अधिकारीको निर्देशन रहेको उक्त भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको साथमा पेम्बा मगर, ज्ञानेन्द्र हुमागाईं, आस्था विश्वकर्मा, निमबाबु तामाङ, सन्देश थापा, केभिन विश्वकर्मा लगायतको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन रहेको उक्त भिडियोलाई पवन शुष्लिङको सम्पादन रहेको छ ।

भिडियो