अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण – Himalayan Dainik

अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण


अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण

सुनसरी, ३० चैत – एक सामाजिक संस्थाले जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण गरेको छ । स्वास्थ्यकर्मीलाई कोरोना सक्रमणको जोखिमबाट सुरक्षित हुँदै सेवा प्रवाह गर्नका लागि पिपिइलगायत सामग्री प्रदान गरिएको हो ।

काठमाडौँमा मुख्य कार्यालय रहेको भृकुटीदेवी ट्रष्टले शनिबार ५० थान पिपिई तथा १०–१० थान चश्मा पञ्जा, बुट कभर र एन ९५ मास्क जिल्ला समन्वय समिति सुनसरीका सभापति तथा अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारीलाई हस्तान्तरण गरेको जिल्ला अस्पताल इनरुवाका इमर्जेन्सी कक्षका इञ्चार्ज गुणानन्द झाले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गर्न आवश्यक साधनस्रोत नहुँदा सामाजिक दूरी कायम राख्दै सेवा दिँदै आएका अस्पतालका स्वास्थ्यकर्मीलाई सामग्री हस्तान्तरण गरिएपछि सहज भएको झाले बताए।