क्वारेन्टाईन ब्बस्थापनका लागी सवल नेपालको सहयोग – Himalayan Dainik

क्वारेन्टाईन ब्बस्थापनका लागी सवल नेपालको सहयोग


क्वारेन्टाईन ब्बस्थापनका लागी सवल नेपालको सहयोग
 महेश सिंह, लहान २९  चैत – सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा क्वारेन्टाईन ब्यबस्थापन गर्नका लागी क्वारेन्टाईनमा प्रयोग हुने समग्रीहरु सहयोग गरेका छन ।
सेभ द चिल्ड्रे र सवल नेपालले सामग्री सहयोग गरेको सवल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले बताए । बिरामी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने झुल , बेड सिट , डस्टबिन ,मास्क , जग , दाँता माझने ब्रस , पानी , जग लगायत १४ प्रकारकार सामग्रीहरु सहयोग गरेको हो ।
मसिलाल जनता मा.बि.कुशहा सुरुङ्गा ५ र खडक नगरपालिका वडा नम्बर – ९ मा रहेको क्वारेन्टाईनका लागी सहयोग गरेको समग्री स्थानिय स्वास्थ्यकर्मी र जनप्रतिनीधिको रोहबरमा बितरण गरेको सवल नेपालका समुदाय परिचालक श्रवण पासवानले बताए । बिश्वमा  माहामारीको रूपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेको छ् । नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमण बाट बचन नेपाल भरि लकडाउनको नियम पाल्ना गर्न नेपाली सेना नेपाल प्रहरी ,सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।
नेपाल सरकारले चैत ११ गते देखि देश भरि लकडाउनको निर्णय गरेको हो । मंगलबार १९  औ दिन चलिरहेको बेला सिरहामा चेक जाचमा कडाई गरेका छन् । लकडाउनको नियम उल्घन गर्ने ब्यक्ती लाई कारबाही समेत गर्ने निर्णय गरेका छ  । कोरोना भाईरस स्वास प्रक्रियाको माध्यम बाट र शारिरीक अंगमाल गर्नाले र मानिसको धेरै भिड भाडामा सजिलै पलाउने र एक अर्कामा सजिलै संग संक्रमित हुने भएकोले लकडाउन गरेको हो।
नेपालमा लकडाउनको प्रभावले यातायात ,उधोग ,कलकारखाना ,शिक्षण संघ संस्था बजार पसलहरु समेत बन्द भएकोले ज्याला मजदुरी गर्ने निम्न बर्ग र अति बिपन गरिब ललित भुमिहिन ,सुखुम्बासिहरुको बिचल्ली भएको छ्।