देशभर ८२ जना आइसोलेसनमा, नयाँ कोरोना संक्रमित फेला परेन – Himalayan Dainik

देशभर ८२ जना आइसोलेसनमा, नयाँ कोरोना संक्रमित फेला परेन


देशभर ८२ जना आइसोलेसनमा, नयाँ कोरोना संक्रमित फेला परेन

काठमाडौँ, २९ चैत – शनिवार साँझसम्म नयाँ कोरोना संक्रमित नभेटिएको र देशभर ८२ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको बताएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार शनिवार साँझसम्म गरिएका नमुना परीक्षणमा कुनै पनि नयाँ बिरामी नभेटिएको र हालसम्म ९ जनामा कोरोना संक्रमण भएको र एक जना निको भई घर फर्किसकेको छ ।

मन्त्रालयका अनुसार शनिवारसम्म देशभर ८२ जना व्यक्ति आइसोलेसनमा रहेका छन् । जसमध्ये १५ जना काठमाडौं उपत्यका  ६७ जना उपत्यकाबाहिर रहेका छन् ।

हालसम्म ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण गरिएको र त्यो मध्ये ३ हजार ३ सय ९२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।