नेपालमा कोरोना हेर्ने डाक्टर २८ मात्रै – Himalayan Dainik

नेपालमा कोरोना हेर्ने डाक्टर २८ मात्रै


नेपालमा कोरोना हेर्ने डाक्टर २८ मात्रै

काठमाडौँ, २९ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला ?

अनुमान गर्नुहोस् । संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ ।

अहिले कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा स्थिर अवस्थामा रहेको छ । यसको रोकथाम र उपचारका लागि खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीले आधारभूत सामग्री र उपकरणको अभाव भोगिरहेका बेला संक्रमण बढे परिचालनका जनशक्ति अभाव हुने देखिएको छ ।

भविष्यमा संक्रमित बढी पाइएको अवस्थामा ती जिल्लामा तालिमप्राप्त चिकित्सक र नर्सलाई लैजाने योजना छ । यो जनशक्ति अपर्याप्त रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । प्रादेशिक अस्पतालमा यिनै तालिमप्राप्त स्वास्थ्यकर्मीलाई खटाइनेछ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।