दश एसएसपी डिआइजीमा बढुवा सिफारिश – Himalayan Dainik

दश एसएसपी डिआइजीमा बढुवा सिफारिश


दश एसएसपी डिआइजीमा बढुवा सिफारिश

काठमाडौं, २९ चैत –  नेपाल प्रहरीका १० प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिश भएका छन । शुक्रवार बसेको बढुवा समितिले १० एसएसपीलाई डिआइजीमा बढुवा सिफारिश गरेको हो ।

डिआइजीमा बढुवा सिफारिश हुनेहरुमा एसएसपी घनश्याम अर्याल, प्रकाशजंग कार्की, बशन्तकुमार पन्त, इश्वरबाबु कार्की, शहकुल थापा, धीरजप्रताप सिंह, बशन्तकुमार लामा, रबिन्द्र धानुक, उत्तमराज सवेदी र अरुणकुमार बिसी हुनुहुन्छ ।