प्रधानमन्त्री ओली र ओमानका राजकुमार ममुद अलबीच टेलिफोन वार्ता – Himalayan Dainik

प्रधानमन्त्री ओली र ओमानका राजकुमार ममुद अलबीच टेलिफोन वार्ता


प्रधानमन्त्री ओली र ओमानका राजकुमार ममुद अलबीच टेलिफोन वार्ता

काठमाडौँ, २८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदसँग टेलिफोन वार्ता गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९ )महामारी विश्वभर फैलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका बारेमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी जानकारी लिएका हुन् ।

ठूलो सङ्ख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग संवाद गर्ने क्रममा मेरो ओमान सरकारका हिज हाइनेससँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छु, कुराकानीपश्चात् सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले ओमानमा कार्यरत नेपालीले इमानदार र परिश्रमीका रूपमा ओमानको विश्वास जितेको जानकारी पाउँदा आफूलाई खुसी लागेको छ भने। परराष्ट्र मन्त्रालयका अनुसार ओमानमा २५ हजार नेपाली कार्यरत छन् । याे खबर गोरखापत्र दैनिकमा खबर छ ।