कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो , ३ लाख ५६ हजार ४४० जना उपचार पछि घर फिर्ता – Himalayan Dainik

कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो , ३ लाख ५६ हजार ४४० जना उपचार पछि घर फिर्ता


कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो , ३ लाख ५६ हजार ४४० जना उपचार पछि घर फिर्ता

काठमाडौं, २८ चैत  – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान संक्रमित हुनेको संख्या १६ लाख ३ हजार ४२८ पुगेको छ ।

शुक्रवार ७ बजे सम्म ३ लाख ५६ हजार ४४० जना उपचार पछि घर फिर्ता भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७ सय १४ पुगेको छ ।

कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । संक्रमितको संख्या ४ लाख ६८ हजार ५५६ पुगेको छ ।

अहिलेसम्म अमेरिकामा करिब २५ हजार ९ सय २८ संक्रमित निको भइसकेका छन् ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ ।