प्रधानमन्‍त्रीविरुद्ध सामाजिक सञ्‍जालमा अफवाह फैलाउने पक्राउ – Himalayan Dainik

प्रधानमन्‍त्रीविरुद्ध सामाजिक सञ्‍जालमा अफवाह फैलाउने पक्राउ


प्रधानमन्‍त्रीविरुद्ध सामाजिक सञ्‍जालमा अफवाह फैलाउने पक्राउ

काठमाडौं , २७ चैत – सामाजिक सञ्‍जालमा प्रधानमन्‍त्री केपी ओलीविरुद्ध अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ऐसेंलुखर्क १, खोटाङ घर भई बूढानीलकण्ठ चुनीखेलमा डेरा गरी बस्‍ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौती घर भई चुनीखेलमै बस्‍ने ४६ वर्षीय रामकुमार राघु श्रेष्ठ रहेको वरिष्ठ प्रहरी उपरीक्षक नविन्द्र अर्यालले जानकारी दिए ।

ताराले प्रधानमन्‍त्रीलगायत पूर्वप्रधानमन्‍त्री, वर्तमान रक्षामन्‍त्री तथा अन्य नेताहरुको तस्बिर प्रयोग गरी अमर्यादित कार्य गरेको प्रहरीको आरोप छ । यस्तै रामकुमारले प्रधानमन्‍त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको अर्यालले जानकारी दिए ।