मुख्यमन्त्री, मन्त्री लगाएत कर्मचारीको सहयोग रकम उपचार कोषमा जम्मा – Himalayan Dainik

मुख्यमन्त्री, मन्त्री लगाएत कर्मचारीको सहयोग रकम उपचार कोषमा जम्मा


मुख्यमन्त्री, मन्त्री लगाएत कर्मचारीको सहयोग रकम उपचार कोषमा जम्मा

काठमाडौं,२७ चैत – प्रदेश सरकारले स्थापना गरेको वाग्मती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोग रकम जम्मा गरेको छ ।

कार्यालयले कोषमा मुख्यमन्त्री एवं सम्पूर्ण मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारी तथा कार्यालयका कर्मचारीबाट रु सात लाख ६४ हजार ७७ जमा गरेको हो ।

मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार, स्वकीय सचिव तथा सचिवालयका कर्मचारीका तर्फबाट पाँच लाख ९० हजार २३३, कार्यालयका कर्मचारीका तर्फबाट रु एक लाख ७३ हजार ८४४ जमा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देविप्रसाद गौतमले जानकारी दिनुभयो ।

यसअघि मुख्यमन्त्री, मन्त्री तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारको एक महिनाको सुविधाबापतको रकम र कर्मचारीको पदअनुसार ३, ५ र ७ दिनको तलब बराबरको रकम कोषमा जमा गर्ने निर्णय गरिएको थियो ।

कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले रु ५० करोडको कोष निर्माण गरेको थियो । कोषमा निजी क्षेत्रबाट एक करोडभन्दा बढी रकम जम्मा भइसकेको जनाइएको छ ।

कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नं १३००५०३०००००२ मा रकम जमा गर्न सकिने लेखा अधिकृत गौतमले जानकारी दिए ।