महालक्ष्मीमा राहत लिनेको दश हजार भन्दा बढिको सङ्ख्या – Himalayan Dainik

महालक्ष्मीमा राहत लिनेको दश हजार भन्दा बढिको सङ्ख्या


महालक्ष्मीमा राहत लिनेको दश हजार भन्दा बढिको  सङ्ख्या

ललितपुर, २६ चैत – महालक्ष्मी नगरपालिकामा दश हजार २०० घर परिवारले राहत प्राप्त गर्ने भएका छन् । सबै वडाबाट राहत प्राप्त गर्नेको विवरण सङ्कलन भएको छ । राहत लिने व्यक्तिको उक्त सङ्ख्या केही बढ्न सक्ने नगरपालिकाले जनाएको छ ।

उहाँहरुलाई सम्बन्धित वडाबाटै राहत वितरण गर्ने तयारी भएको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । राहत प्राप्त गर्ने व्यक्तिको परिवार सङ्ख्या अनुसार राहत वितरण गरिने छ ।

नगर प्रमुख श्रेष्ठका अनुसार राहत सामाग्रीमा चामल, दाल, नुन, खाने तेल र साबुन रहने छ । कोरोना भाइरस ( कोभिड १९) को सङ्क्रमण न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रका मजदुरलाई प्रदान गरिने राहत सामाग्रीम विभिन्न व्यक्तिहरुले सहयोग गरेको छन् ।

महालक्ष्मी नगरपालिकामा राहत सामाग्री उपलब्ध गराउनेमा नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्ला (महालक्ष्मील) ले एक सय बोरा चामल, एक सय लिटर खाने तेल, एक सय केजी नुन,तीन सय केजी दाल, साबुन राहतको रुपमा उपलब्ध गराएको छ । महालक्ष्मी नगरपालिका वडा नं १ मा स्थित कृष्ण प्रणामी मूल मन्दिर सञ्चालक समिति ५१ हजार एक सय ११ रुपियाँ, राहत स्वारुप उपलब्ध गराएको छ । ललितपुर उद्योग वाणिज्य संघ शाखा २ मार्फत एक टन चालम र ५० केजि दाल उपलब्ध गराएको हो । महालक्ष्मी नगरपालिका निवासी राष्ट्रिय कलाकार किरण केसी, राज केसी, राम केसी र ललितपुर महानगरपालिका निवासी सुरेन्द्र केसीले दश हजार थान माक्स, र एक सय बोरा चामल उपलब्ध गराएका छन् । सहरी वातवारण समाजले एक लाख रुपियाँ र सहयोग गरेको छ ।

नगर प्रमुख श्रेष्ठले राहत प्रदान गर्ने व्यक्ति र संस्था सबैलाई सहयोग धन्यवाद प्रदान गर्नुभयो । उक्त राहत सामाग्री वडामार्फत एकद्वार प्रणालीबाट प्रदान गरिनेछ ।